राजनीति
काठमाडौँ – काठमाडौको सञ्चालित एक प्लाइ कारखानामा आगलागी भएको छ। आगलागीमा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।
काठमाडौँ–१० बुद्धनगरस्थिच युएनपार्क नजिकै सञ्चालित गौरीशंकर फर्निसिङमा आगो लागेको हो। कारखानाका सञ्चालक राम कार्की रहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार आलगालीबाट कारखाना लाखौँको क्षति भएको छ।
अपरान्ह ३ बजेबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरी जनाएको छ। आगलागीबाट आसपासका घर–भवनमा क्षति नपुगोस् भनेर उच्च सतर्कता अपनाइएको छ।