राजनीति
काठमाडौं । नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।
आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरियताका एआईजी थिए ।
हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो ।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् ।