logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रञ्जिता श्रेष्ठले बोलाइन् नाउपा केन्द्रीय समिति बैठक


  • राजनीति
  • शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन्।

उनले भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्। बैठक कान्तिपन्थको होटल एल्लो प्यागोडामा बस्नेछ। बैठकमा चारवटा कार्यसूची तय गरिएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव केन्द्रीय सदस्य नोनयन र निर्वाचन आयोगमा अध्यावधि गर्ने विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताएकी छन्

गत साउन १६ गतेको राष्ट्रिय भेलाबाट संरक्षक रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई कारबाही गर्दै अध्यक्षबाट हटाइएको थियो।

रेशम पक्षले लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा अध्यावधिका लागि निवेदन दिएको भए पनि आयोगले भेला नै अवैध गर्दै खारेज गरिदिएको थियो । त्यसपछि नाउपाको पहिलोपटक बैठक बस्न लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार