logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विद्या भण्डारीलाई वीरगन्जमा ५१ किलोको मालाले स्वागत


  • राजनीति
  • शनिबार, भाद्र १४ २०८२

काठमाडौं । वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेता कार्यकर्ताहरूले भव्य सम्मान गरेका छन्।

उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरुसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि शनिबार बिहान ९ बजे वीरगन्ज पुगेकी भण्डारीलाई नेता कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्।

बिहान सिमरा विमानस्थलमा पनि स्वागत गर्नका लागि पनि नेता कार्यकर्ताहरू पुगेका थिए। वीरगन्ज पुगे पछि पनि एमालेका नेता कार्यकर्ताहरू उनको सम्मानमा सहभागी भएका थिए। स्थानीय महिलाहरू पनि लामबद्ध भएर पूर्वराष्ट्रपति भण्डारीको सम्मानमा उपस्थित थिए।

एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।

निर्देशन अवज्ञा गर्दै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायत विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार