राजनीति
यसै हप्ता नोबेल पुरस्कार बिजेता म्यानमारकी परराष्ट्रमन्त्री आङ सान सुकीकाठमाडौँ आउने भएकी छन्।
लामो समयको नजरबन्दबाट मुक्त भएपछि बर्मेली प्रजातन्त्रवादी नेतृ नेपाल आउन लागेको यो दोस्रो पटक हो।
यसअघि २०७१ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा नजरबन्दपछि पहिलो पटक नेपाल आएकी थिइन्।
सक्रिय राजनीतिमा आउनुपूर्व उनले आफ्ना बेलायती पति एरिससँगै लामो समय नेपालमा बिताएकी थिइन्।
यसबाहेक उनी बालककालमा समेत आमासँग नेपाल आएकी थिइन्। उनकी आमा खिन यी नेपालका लागि बर्माकी गैरआवासीय राजदूत थिइन्।