राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।
छाती दुख्ने समस्या भएपछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिलेदेखि नै मुटुरोगी विरामी थिइन् । उनको गतवर्ष मुटुको शल्यक्रिया गरिएको थियो ।
पुनः स्वास्थमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको हो । उनको सचिवालयका अनुसार अहिले भने स्वास्थमा क्रमिक सुधार देखिएको छ ।