logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवको स्वास्थ्य सगठनमा अध्यक्ष टिका कडेल र महासचिव प्रकाश चन्द


  • राजनीति
  • सोमबार, मंसिर १० २०७५

नेपाल कम्युनिस्ट पार्टी निकट स्वास्थ्यकर्मीको राष्ट्रिय भेलाले टिका कँडेललाई अध्यक्षमा निर्वाचित गर्दै २८ सदस्यीय कार्यसमिति चयन गरेको छ । सोमबार काठमाडौँको शंखमुलमा भएको भेलाले उपाध्यक्ष पिताम्बर भुर्तेल, महासचिव प्रकाश चन्द, सचिव रत्न शर्मा, कोषाध्यक्ष कैलास लामा र सदस्यहरुमा नरबहादुर थापा, भैरव बोहोरा, शिला गैरे, विनोद रावल, लोकेश जोशी, अम्बिका पाठक, रमानन्द जोशी, योगेन्द्र यादव, युगेश्वर शर्मा, फुलराम चौधरी, भिम लामा, गोविन्द सापकोटा, दिपेन्द्र पोडैल, जयराम रायमाझी, पुष्पाकुमारी महत्तो, रिता ढुङ्गाना, सपना लामिछाने, सुशिला गैरे, कुरान अली, सारदा केसी र तीन पद रिक्त छन् ।

भेलाको उद्घाटन स्थायी समिति सदस्य सुदर्शनले गरेका थिए भने भेलाका सहभागिलाई पिविएम् तथा पूर्वी कमान्ड इन्चार्ज एवं विशेष अतिथि अनिल विरहीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपाका नेताहरु पिविएम् ओमप्रकाश पुन ‘निर्माण’, देवनारयण शाह, राजु कार्की, प्रज्वल श्रेष्ठलगायतको उपस्थिति थियो ।

रातोखबर बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार