logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णय तत्काल स्थगित गरौं : सांसद नेम्वाङ


  • राजनीति
  • बुधबार, भाद्र १८ २०८२

काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णय सरकारले स्थगित गर्नुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको निर्णयले जनतालाई हैरानी, सास्ती र झन्झट मात्र भएको भन्दै यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।

सांसद नेम्वाङले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग गरे ।

उनले गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार