राजनीति
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ ।
केही बेर अघि सुरु भएको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरुलाई अन्तिम रुप दिइने जानकारी दिइएको छ ।
आजको बैठकमा विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठिन प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
त्यस्तै महाधिवेशनको तयारी व्यवस्थापन र उपसमितिले गरेका कामको विषयमा पनि छलफल हुनेछ ।