logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्ड लक्षित ओलीको टिप्पणी : म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौं


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदिएको बताएका छन् ।

एमाले दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले कांग्रेससँग सहकार्य गरेपछि अस्थिरता र अराजकता नियन्त्रण गरिएको दाबी गरे ।

उनले भने, “हामी ब्याक बेञ्चरजस्तो पछाडि बस्नुपर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो, कांग्रेस एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन। कि एउटा समर्थन गर्छ कि अर्काले। भ्रम परेको थियो, आफूमा जादुमयी शक्ति छ भन्नेमा। भ्रम पर्न थालेको थियो आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने १४ महिना अघिसम्म, त्यो अवस्था एमालेले चिरेको छ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार