logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध चयन


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा निर्विरोध चयन भएका छन् ।

समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षमा शुक्रबार बसेको समितिको बैठकले खतिवडालाई सर्वसम्मत रुपमा समितिको सभापतिमा चयन गरिएको घोषणा गरेको हो ।

खतिवडा यस अघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । निजामती सेवा विधेयकमा भएको छेडाखानीका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई नैतिक रुपमा जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि कांग्रेसले संसदीय छानबिन समितिकी सभापति इस्वरी न्यौपानेलाई राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाएको थियो । इश्वरीको राजीनामा पछि रिक्त रहेको पदमा खतिवाडाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार