logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अन्तत् निराश भएर चीनसँगको हार स्वीकारर्दै ट्रम्पले दिए यस्तो प्रतिक्रिया


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । अन्तत् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको हार स्वीकार गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सन्जाल ट्रुथ सोसलमा चिनियाँ राष्ट्रपति सी जिनपीङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गरेको फोटा सेयर गरेर निराश हुँदै रुस र अमेरिका चीन तिर गएको दाबीसहित अमेरिकाको हार स्वीकार गरेका छन् ।

“यस्तो लाग्छ की हामीले रुस र भारतलाई चीन सँग गुमाइकेका छौं । आशा छ उनीहरुको भविष्य राम्रो हुनेछ ।” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन् ।

अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाएपछि भारत र अमेरिकाबीचको सम्बन्ध बिग्रीएको हो । ट्रम्पले कर थुपारेसँगै भारतीय प्रधानमन्त्री मोदीले चीन र रुससँग सम्बन्ध सुधार गरेका हुन् । योसँग भारतले रुसबाट तेल खरिद गरिरहेको छ ।

केही दिन अघि ट्रम्पले चार पटक फोन गर्दा पनि मोदीले रिसिभ नगरेको विषयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । ट्रम्प स्वयमले पनि मोदीले फोन नउठाएको प्रष्ट पारे । यो सँगै मोदी चीनले आयोजना गरेको शाङ्घाई सहयोग संगठनको बैठकमा सहभागी भएका थिए । चिनमा मोदीले चिनियाँ राष्ट्रपति सी र पुटिनसँगै अन्य देशका राष्ट्रप्रमुखहरुसँग भेटवार्ता गरेका थिए ।

चिनमा सी, पुटिन र मोदीले उपस्थित भएर आफूहरुको सम्बन्ध सुमुधुर रहेको सन्देश दिएसँगै ट्रम्पले आज आफूले भारत, र रुसलाई चिनसँग गुमाएको प्रतिक्रिया दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार