logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित कैदीहरु फरार


  • राजनीति
  • बुधबार, भाद्र २५ २०८२

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि कैदीहरु भागेका छन् ।

करिब ३८ सय कैदीबन्दी रहेको उक्त कारागारमा हाल करिब ५ सय जति मात्रै कैदीबन्दी रहेको कारागार स्रोतले जनाएको छ । सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी अन्य कैदीबन्दीसँगै भागेका छन् ।

स्रोतका अनुसार हाल भद्र गृहमा नभागेका एक सय जना कैदीबन्दी रहेका छन् भने सेन्ट्रल जेलमा ३–३ सय कैदीबन्दी रहेका छन् । भागेका मध्ये केही कैदीबन्दीले भने आफूहरु फर्किने भन्दै फोन गरेको बताइएको छ ।

रायमाझी नक्कली भुटानी शरणार्थी काण्डमा पूर्पक्षका लागि कारागार चलान भएका थिए । भागेका रायमाझी भने सम्पर्कमा पनि नआएको स्रोतको भनाई रहेको छ । स्रोतका अनुसार नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले हिजो राती सुन्धारा कारागारमा पुगेर तोडफोड गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार