logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

जेनजीको प्रदर्शनमा ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । जेजनीहरुको प्रदर्शनमा ३० जनाको मृत्यु भएको छ भने एक हजार भन्दा बढी जना घाइते भएका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरीका २९ अस्पतालमा ३० जनाको मृत्यु भएको छ भने एक हजार ६१ जनाको उपचार भैरहेको छ ।

निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेजमा २ जना, त्रिवि शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानमा २ जना, भेरी अस्पतालमा पाँच जना गरी ३० निधन भएको सचिव देवकोटाले बताए ।

यस्तै हालसम्म २७४ जना घाइतेको भर्ना भएर उपचार भैरहेको छ । ५६ जनालाई एक अस्पतालबाट अर्काे अस्पतालमा उपचार भैरहेको भने ७१९ जना उपचारपश्चात् घर फर्किसकेका उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार