logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुशिला कार्की बनिन् पहिलो महिला प्रधानमन्त्री


  • राजनीति
  • शुक्रबार, भाद्र २७ २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी छिन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको सहमति अनुसार कार्कीले केही बेर पछि शपथ हुँदैछ । यो सँगै उनी देशको पहिलो महिला प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व सम्हाल्ने छिन् । कार्कीले यस अघि नेपालको पहिलो प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार