logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जेनजी आन्दोलन : अध्यक्ष प्रचण्डसहित १९ जना माओवादी नेताको घरमा आगजनी र लुटपाट


  • राजनीति
  • शनिबार, भाद्र २८ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जेनजी आन्दोलनका क्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १९ जना नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ ।

हालसम्म प्राप्त विवरण अनुसार अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नी प्रसाद सापकोटा, नन्दकिशोर पुन, कृष्ण बहादुर महरासहित पार्टीका शिर्ष १९ जना नेताको घरमा लुटपाट, तोडफोड र आगजनी गरिएको जनाएको छ ।

कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको पार्टी माओवादीका नेताहरू जेन–जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका माओवादीको निष्कर्ष छ ।

कुन–कुन नेताको घरमा भयो तोडफोड, लुटपाट र आगजनीः

१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. ⁠केन्द्रीय सदस्य युवराज युवराज भट्टराईको घरमा आजगनी।
१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त
२०. बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार