logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी


  • राजनीति
  • शनिबार, भाद्र २८ २०८२

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ । जेनजी पुस्ताका युवाहरुले शान्तिपूर्ण रुपमा गरेको आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपसहित ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीमा उजुरी दायर गरिएको हो ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् ।

जाहेरीमा ओलीले गोली चलाउन आदेश दिइएको आरोप लगाइएको छ । सो घटनामा १७ देखि ४५ वर्ष उमेर समुहका एक दर्जन भन्दा बढी युवाहरुको मृत्यु भएको र धेरै घाइते भएको उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार