राजनीति
काठमाडौं । नवनियुक्त मन्त्रीहरु कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हिजो राष्ट्रपति पौडेलले तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । आज शितल निवासमा प्रधानमन्त्री कार्कीसहितको उपस्थितिमा पौडेलले उनीहरुलाई शपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहरण समारोहमा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।