logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प छैन : शेखर कोइराला


  • राजनीति
  • शनिबार, असोज ४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको भन्दै सरकारलाई सघाउनु पर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले संविधानलाई धेरै नचलाइकन अहिलेको विषम परिस्थितिमा निकास खोजेको भन्दै राष्ट्रपतिसहितलाई धन्यवाद दिए ।

संविधानलाई धेरै नचलाइकन चुनावको घोषणा गरिएकोले अब चुनाव हुन्छ भन्नेमा विश्वास लिनुपर्ने बताए । उनले भने, “अब फागुन २१ गतेभित्र चुनाव सम्पन्न गर्नको लागि सरकारलाई भन्नु पर्छ ।”

डा. कोइरालाले यस अघि जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगरमा रहेको कोइराला निवासको निरीक्षण समेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार