logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नयाँ युगको सुरुवात भन्दै ,मुखाकृतिसहितको ‘ज्याकेट विज्ञापन’ छापेर राज्यकोषको ठूलै दोहन


  • राजनीति
  • मंगलबार, मंसिर ११ २०७५

काठमाडाैं- आेली नेतृत्वको सरकारले सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकामा नयाँ युगको सुरुवात भन्दै प्रधानमन्त्री केपी शर्मा आेली र श्रममन्त्री गोकर्ण विष्टको मुखाकृतिसहितको ‘ज्याकेट विज्ञापन’ छापेर राज्यकोषको ठूलै दोहन गरेको छ ।

यस्तै विभिन्न अनलाइन संचार माध्यममा समेत ‘स्किप एड’ अर्थात रोड ब्लक प्रकाशित गरिए । यतिमा मात्रै नरोकिएको सरकारले विभिन्न पोल, पुल लगायतका अन्य ठाँउमा समेत विज्ञापन गरेर आर्थिक दोहन गरेको छ । केहि कतै भने निजि क्षेत्रका कम्पनी जस्तै, एनसेल लगायतका अन्य कम्पनीले सपोर्ट गरेको देख्न सकिन्छ ।

प्रचारमुखि बन्दै गएको आेली सरकार काम भन्दा धेरै प्रचारप्रसारमा लागेर जनताको करबाट उठेको पैसा बालिवामा पानी खन्याएजस्तै गरेर दोहन गरिरहँदा भने आम सर्वसाधारण भने सामाजिक संजाल; देखि चिया चाैतारी सम्म विरोधमा उत्रिएका छन् ।

निजि क्षेत्रले सपोर्ट केहि मात्रामा गरेपनि सरकारले अधिक बजेट खन्याएर जनताको करलाई खोलामा बगाएको भन्दै विपक्षी दल नेपाली कांग्रेसले समेत आपत्ति जनाएको छ ।

यसर्थ सरकार चरम असफलता तिर लम्केको भन्दै चर्चा समेत हुन थालेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने क्रममा सरकारले तडक–भडकका साथ प्रचार–प्रसार गरेको जनाएको छ । मंगलबार (आज) काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युग’ को औपचारिक उदघाटन गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार