राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ।
केहीबेर अघि सुरु भएको बैठकमा आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गरिने जनाइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताएको छ। बैठकका अन्य एजेन्डा भने खुलाइएको छैन् ।
जेनजी आन्दोलनपछि माओवादीमा पनि नेतृत्व हस्तान्तरणको विषयमा बहस चलिरहेको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमै अध्यक्ष प्रचण्डको राजीनामा माग गरेका छने ।
तर एक पक्षले भने अहिले नै अध्यक्ष प्रचण्डको विकल्प खोज्नुपर्ने बेला नआइसकेको तर्क अगाडि सार्दै गएका छन् ।
जेनजीहरुले गरेको आन्दोलनका क्रममा माओवादीको पार्टी कार्यालयमा समेत तोडफोड आगजनी गरिएको थियो। माओवादी नेता कार्यकर्ताहरूले सरसफाई गरेर पार्टी कार्यालयलाई पुनः प्रयोगमा ल्याएका हुन् ।