logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तीन सचिवको सरुवा, गृहमा आए दंगाल


  • राजनीति
  • मंगलबार, असोज ७ २०८२

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गृह, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरुको सचिवको सरुवा गरेको हो । रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने यसअघिका गृहसचिव गोकर्ण दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । जेनजी आन्दोलनका क्रममा सचिव दुवाडीको घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार