राजनीति
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
प्रधानसेनापति सिग्देलले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटमा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ ।
भदौ २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कार्की जेनजीहरुको माग अनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।
कार्की प्रधानमन्त्री भएपछि सेनापतिसँग भएको यो भेटलाई निकै चासोका रुपमा हेरिएको छ ।