राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाना नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधवार दिउँसो अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्ति मार्फत् राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जानकारी दिए ।
सरकारले फागुुन २१ गते निर्वाचन तोकेको छ । निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो त्यसैले अध्यादेश ल्याएर उक्त कानुन संशोधन गरिएको हो।
