logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओलीको नयाँ युगको सुरुवात: पत्रपत्रिका पोलमा तडक भडक ! फेसबुकमा जनताको कटाक्ष हेर्नुस


  • राजनीति
  • मंगलबार, मंसिर ११ २०७५

आश तमु पोखरा-प्रधानमन्त्री ओलीले आज घोषणा गरेको नयाँ युगको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक बहस र कटाक्ष देखिएको छ। अधिकाशले ओलीको नयाँ युगको शव्दलाई हावादारी भन्दै खिल्ली उडाईरहेका छन भने कमैले मात्र यस निर्णयको स्वागत गरेको छ।

Lokesh Bishwakarma
3 hrs ·
#समाजवाद की सकुनी #सम्पत्तिवाद ??!!

Roshan Rai यसरी तथास्तु गरिदिएपछि नयाँ युगको शुरुवात भयो । ?

Suresh Gautam
2 mins ·
यो निकम्मा र बलात्कारीका मतियारहरुको सरकारको यत्रो बिज्ञापन देखेर पनि आफ्नै अनुहार छोपेर हिड्न पर्ने भो !
यिनलाई लाज लागेन !

Shiva Dai
1 min ·
एउटि बालिकाको बलात्कारि हत्यारा लाई समात्न नसकेको वर्तमान अवस्थामा सामजिक सुरक्षाका नाममा बजेट स्वाहा :स्वाहा :स्वाहा :

Shiva Dai
15 mins ·
कस्तो अचम्मै बिहान के उठेको थिए नया युगमा प्रवेस गरिइ सकिइएको रहेछ

Mahendra Thulung Rai
9 mins ·
धर्मशास्त्रमा किन लेखिएन?
कलियुग पछि ओलि युग आउँछ भनेर।

KrisshNa BaRal disagrees with Oli and Company at Lakeside Pokhara.
4 hrs · Pokhara ·
माफ गर्नुस आफू त अरिङ्गाल बन्न सकिन, अरिङ्गाल हुनु भएका मित्रहरु यो कस्तो नयाँ युग हो जनता जान्न चाहान्छन । बिना कुनै योजना, बिना कुनै काम, एकासी लाखौ खर्च गरेर सरकार सडकका पोल देखि पत्र पत्रीका सम्म नयाँ युगको प्रचार बाजि गर्दैछ । यो खर्च कुनै गरिब बस्तीमा स्तर उन्नतिम लगाको भए बरु नयाँ युग भन्न सकिन्थ्यो । कस्तो नयाँ युग हो?, म त खोज्न हिडे । देख्ने भेट्नेले मलाई खबर गर्नुहोला ।

बाउ बाजेले कम्युनिस्ट आए भन्ने कुन्नी के पनि भन्न पाइन्न भन्थे अहिले प्रमाणित हुँदै छ । जे होस दुई तिहाइ हुदा समेत एउटा बलत्कारी समाउन नसकेको कम्युनिस्ट सरकारको यो ५ बर्षे कार्यकाल नै अन्तिम हुने सन्केत देख्दौ छु । कति चुप बस्नु अति गरेसी बोल्न बाध्ये भए । कुनै अरिङ्गाल साथिहरुको मनमा चसक्क बिज्यो भने माफ गरिदिनुहोला । धन्यवाद । #जयदेश #जयजनता ?

सन्दीप केसी

देश यो स्थीतीमा पुग्नुमा नेता भन्दानी तपाई जस्ता राजनितीक भरौटे हरुको ठुलो हात छ अनि पोस्टर नयॉ युग लेख्दैमा देश परिवतंन हुदै हजुर काम गनुपछ

Shiva Dumre is feeling कागजी समृद्धि.
5 hrs ·
वाह समृद्धि !!
प्रधानमन्त्री ज्यु, तपाईं प्रधानमन्त्री भएपछि बन्द भएका कति उद्योगहरु सुचारु भए ? कति जनाले देशभित्र रोजगार पाए ? कति मेगावाट जलविद्युत उत्पादनको काम सुरु भयो ? कति प्रतिशत खाद्यान्न उत्पादन बढ्यो ? आयात कति घट्यो र निर्यात कति बढ्यो ? महँगि नियन्त्रण भयो कि कर बढ्यो ? तपाईंसंग आकडा छ, बिदेश जाने संख्या कति बढ्यो ? भुकम्पमा ढलेको धरहरा कहिले उठछ ? प्रहरी र जनता अझै पालमुनी छन ? निर्मलाको बलात्कार कस्ले गर्यो ? वाईडबडी जहाज ल्याउदा ६ अर्ब भ्रष्टाचार हुदा के हेरेको ? जनताले निशुल्क शिक्षा पायो ? सर्बसुलभ स्वास्थ नि ? सुकुम्बासीले घर बनाउन पाए कि बसेको ठाउबाट लखेटिए ? समग्र देशको उत्पादन प्रणाली कस्तो छ ? यो प्रणालीले कुन प्रकृतिको समृद्धि आउँछ ? १० महिनामा गर्न सकिने तर नगरेका दर्जनौं प्रश्नहरु छन हामिसग !! जाबो सेवाबापत १% काटेर दिईने सामाजिक सुरक्षा भत्ता दिदा नयाँ युगको सुरुवात रे ? १ काम ९९ प्रचार गर्ने यो कुन गोयबल्स शैली हो ? काम गर्नेहरु चुपचाप काम गर्छन आफ्नो फोटो टास्न मरिहत्ते गर्दैनन् । अलिकति लाज मान देशले कयौं ठुला परिबर्तन गर्दा यस्तो प्रचार गरेको देखिएन, सयौं साना कुराहरू लुकाउन एउटा ज्याकेटभर बिज्ञापन गर्ने तिम्रो यो प्रबृती नै तिम्ले केही गर्न सक्दैनौं भन्ने प्रमाण हो !
एउटा प्रश्नको चित्तबुझ्दो उत्तर दिन नसक्नेले गफ हाक्छौ, चाहिएन तिम्रा यी कागजी समृद्धि फिर्ता लैजाउ।

Sarswoti Gurung 
4 hrs ·
पत्रिकामा प्रधानमन्त्रीको अनुहार टाँसेर देश नयाँ युगमा प्रवेश गर्ने भए संसार कहाँ पुग्दो होला ? नयाँ युग कहिलेबाट सुरु होला भनेर पर्खिरहेका हामीजस्ता साधारण नेपाली नागरिकलाई प्रधानमन्त्री ज्यूको कोशेली गज्जव लाग्यो । राम्रो सोच भएकाले देशलाई एउटा गन्तब्यमा पु¥याएर समीक्षा गर्छन्, सोंचमै बादल लागेपछि यसरी बाजा बजाएर युगको परिवर्तन गरिन्छ । बधाई छ सारा नेपाली जनतालाई, जय नेपाल ।।।

Ji Yan
4 hrs ·
हिजो सम्म कुन युग थियो था’हा भएन् । आज रातीबाट फ्याट्टै नयाँ युगको सुरुवात भएछ ???

प्रभात किशाेर उपाध्याय

सहभागिता-योगदान-सामाजिक सुरक्षा
वाइड बडि खरिद ,३३ किलो सुन काण्ड
निजगढ विमान स्थल निर्माण
फास्ट ट्र्याक, माथिल्लो मर्स्याङ्दि,
निर्मला हत्याकाण्ड, अनावश्यक कर असुली,
राष्ट्रपतिकाे नाममा कराेडाैंकाे सवारी साधन
देशमा शुरु भयाे नयाँ युग,?

Kamal Rimal

गर्व छ मलाई । मेराे देशको प्रधानमन्त्री पाेलकाे भित्तामा रंगिनु भएकाे छ । याे कुन फिलिमकाे प्राेमाे हाे थाह छैन मलाई । यति भद्दा मजाक गर्न कस्ले उस्काउदैछ । जनता अाहत छन हरेक दिन नयाँ – नयाँ घटनाहरू घटेका छन । त्यतातिर चासाे र समस्या समाधानको उपाए खाेजिएकाे छैन तर याे अमरिस पुरि स्टाईल काे विज्ञापन के काे लागि हाे ल न भन्दिनु पर्याे क. सल्लाहकार महाेदयहरू……….?

Nabin Karki
1 hr ·
“पुजिबादी सामाजिक दलाल भनेको यहि हो तस्बिर आफै बोली रहेको छ,बिज्ञापनको नाम मा राज्य कोष बाट करोडौ खर्च गर्ने पुजिबादि दलालहरू होसियार!!

Prakash Dumre is with Dumre Prakash.
2 hrs ·
कतिपय जिम्मेवार साथीहरूले समेत प्रधानमन्त्रीको यो शैलीलाई बचाउ गर्दैछन् । हजार तर्क पेश गर्नुस् यो गलत भयो । साथै निर्मला पन्तको घटना बारे ईस्यु नउठाउन सरकारी सञ्चार माध्यम लाई निर्देशन दिनुले पनि सरकारको थप निर्लज्जता छताछुल्ल पार्दछ ।

Koirala Santosh
2 hrs ·
काठमांडौमा ओली आतंक ! करौडौंको स्वाहा ! आहा चक्कि आटाको प्रचार जस्तो ठ्याक्कै कुरुप समृद्धि, कुरुप समाजवाद यात्रा ??

Pratap Poudel
1 hr ·
सरकारी राज्य कोषको दुरुपयोग गर्दै बिजुलीका खम्बाहरु र पत्रपत्रिकाहरुका गृह पृष्ठ रंगाउदैमा मात्रै तिम्रा समाजवाद र नयाँ युग आरम्भ भएको मान्ने हो भने त राणा हरुकै पालामा समाजवाद आउने थियो होला नि !…..

Kiran Thapa
4 hrs ·
टोलटोलमा अरिङ्गाल ,
पोलपोलमा समृद्धि।

Taai Tu Moo
3 mins ·
बाटै भारी अरिङ्गलको पोलो

SaNjay Rai
3 hrs ·
#प्रधानमन्त्रीको #बिज्ञापन आजका सबै रास्ट्रिय दैनिकहरुमा ! जब बजारमा कुनै बस्तु बिक्न छोड्छ तब चर्को बिज्ञापन गर्नुपर्ने बाध्यता आउछ !
#समाजवाद यसरी आउन्न, विकल्पमा जान ढिला नगरौं !!

हाङयुग अज्ञात
2 hrs ·
सर्वप्रथम बधाई छ जजसले नयाँ युगको अनुभूति गर्न पाउनु भयो । अनुभूति गर्न नपाउनु भएका जनहरूलाई पनि बधाई नै छ, नयाँ युगको सुरुवात मात्रै हो; तपाईंहरूको पनि अनुभूतिको पालो आउँछ ।

सबै खबरकागजहरूलाई पनि बधाई छ विज्ञापनको रूपमा प्रधानमन्त्रीको फोटो छाप्न पाउनु भयो ।

सामाजिक सुरक्षा योजना लागू भएकोमा पनि बधाई छ ।

तर …!

यो तर भन्ने शब्द शब्दकोशबाट नहटाई नहुने भो हल्लुँड भतिज !
यो ‘तर’ भन्ने शब्द आतंककारी शब्द रहेछ । ‘तर’लाई टुक्राटुक्रा पार्नुपर्छ बुझिस् हल्लुँड ! यो नयाँ युगमा ‘तर’ ‘अपितु’ ‘किन्तु’ ‘चिन्तु’ ‘परन्तु’ जस्ता शब्दहरूलाई कालकोठरीमा थुन्नुपर्छ, झुन्ड्याउनु पर्छ, गोली ठोक्नु पर्छ ।

अबदेखि ‘तर’ नभन्लास् ! बुझिराख् हल्लुँड ! यसैमा तेरो भलाई छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार