राजनीति
काठमाडौं । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ बजे परेको चट्याङ लागेर एक चार वर्षीय बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको मदाने गाउँपालिका– ५ स्थित झ्यारपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर बुबा नेरसिंह र उनकी श्रीमती सुन्तली घाइते भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा निलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ संस्थामा लगिएको र थप उपचारको लागि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।