राजनीति
राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रम कार्की
काठमाडौँ, ९ असोजः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा बिहीबार सिंहदरबारमा पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको कार्यक्षेत्र शासकीय प्रणाली फेर्ने नभएको स्पष्ट पारेकी छिन् ।
बिहिवार राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकारी प्रधानमन्त्री कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको र आवश्यक परे पछि संवैधानिक प्रक्रियाबाट संशोधन गर्न आह्वन गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले सरकारको मुख्य लक्ष्य नै चुनाव लक्षित भएको बताइन् । उनले भनिन्, “शासकीय प्रणालीको संशोधनको विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर रहेकोले संवैधानिक प्रक्रियाबाट संविधान संशोधनको आह्वान गर्दछु ।”
यता जेनजी युवाहरुले भने प्रत्यक्ष कार्यकारीको व्यवस्था नभए आफूहरु फेरि आन्दोलनमा जाने चेनावनी दिँदै आएका छन् ।