राजनीति
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।
विजयादशमी तथा शुभ दीपावलीको अवसरमा राजा ज्ञानेन्द्र शाहले आज जारी शुभकामना सन्देशमा नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्यले समेट्नुपर्ने बताएका छन् ।
“नयाँ पुस्ताको इच्छा र अभिलाषालाई हाम्रो राज्यले समेट्नै पर्दछ विकसित हुँदै गएको आधुनिक प्रवृत्ति र क्षमतालाई हामीले ग्रहण गर्नै पर्दछ,” पूर्व राजा ज्ञानेन्द्रद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
पूर्व राजा शाहले यसपटकको दशैंमा सर्वसाधारणलाई टिका नलगाइदिने पनि जानकारी दिएका छन्। आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोक मग्न रहेको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिक रुपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको जानकारी दिएका छन्।
वर्तमान परिस्थितिलाई राष्ट्र चरम विधंश र शोकको स्थितिमा रहेको भन्दै पूर्व राजा ज्ञानेन्द्रले यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रूपमा मात्र सीमित गर्न बाध्य बनाएको बताएका छन्।
