राजनीति
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा उपचाररत ३६ वर्षीय लक्ष्मण राईको मृत्यु भएको हो । नुवाकोटको पञ्चकन्या गाउँपालिका– २ घर भएका राईलाई जेनजीहरुले २४ गते गरेको आन्दोलनमा टाउकोमा गोली लागेको थियो । उनलाई बालाजुबाट ल्याएर ट्रमा सेन्टरमा उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।
राईको आज बिहान ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यो सँगै जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । ७६ मध्ये १० जना कैदीबन्दी रहेका छन् ।