राजनीति
काठमाडौं । झापामा ग्रेण्डर मेसिनले राँगा काट्न खोज्दा आफ्नै खुट्टा काटिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भद्रपुर नगरपालिका– १ का ३५ वर्षीय रामेश्वर परिवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । परियारले सोमबार साँझ राँगा काट्ने तयारी गरेका थिए । अचाँनक आफ्नै खुट्टा ग्रेण्डर मेसिनमा परेपछि उनी गम्भीर घाइते भएका थिए ।
घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डी मेडिकल कलेज पु¥याइएको थियो । अत्याधिक रक्तश्राव भएका कारण गएराती उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् ।