logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बालेन शाह पश्चिमाको गोटी बने : दुर्गा प्रसाईं


  • राजनीति
  • मंगलबार, असोज १४ २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जेनजी पुस्ताको अस्था बनेर पश्चिमाको गोटी बनेर पर्दा पछाडीबाट खेलिरहेको आरोप लगाएका छन् ।

मंगलबार विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रसाईंले जेनजी भाई बहिनीहरु र सम्पूर्ण नेपाली जनताले बालेन शाहको कालो चस्मा भित्रको वास्तविकता राम्रोसँग चिन्न जरुरी भएको बताएका छन् ।

बालेनको कालो चस्मा भित्रको वास्तविकता नेपाल र नेपालीको भाग्य र भविष्य निर्माणका लागि नभई पश्चिमाको स्वार्थको लागि परिचालित हुँदै आएको प्रसाईको भनाई रहेको छ ।

हेर्नुहोस् यस्तो छ प्रसाईंको भनाईः

जेनजी भाई बहिनीहरुले मात्र नभई सम्पूर्ण नेपाली जनता र इतिहासले पनि बालेनलाई राम्रोसँग चिन्न जरुरी छ । बालेनको कालो चस्मा भित्रको वास्तविकता नेपाल र नेपालीको भाग्य र भविष्य निर्माणका लागि नभई पश्चिमाको स्वार्थको लागि परिचालित हुँदै आएको छ ।

अर्काेतर्फ बाटोमा सडक बत्ति, विद्यार्थीलाई छात्रवृति कोटा र एम्बुलेन्सको नाममा बालेन जीले यो आन्दोलनलाई बिर्साउन खोज्दै हुनुहुन्छ तर बालेनले आफ्नो सम्पत्ति बेचेर बाँडेजस्तो हुँकार गरिरहेछन् । के बालेनले आफ्नो घर, जग्गा जमिन बेचेर यी एम्बुलेन्स, यी विद्यार्थीहरुलाई छात्रवृत्ति, यी सडक बत्तिहरु बनाएका हुन त ? तर ती कुनै बेलाका निजी सम्पत्ति होइनन् । उनले निजी स्रोतबाट पु¥याएको मानविय सेवा पनि होइन् । यी सबै राज्यको सम्पत्ति हुन्, नागरिकले बुझ्नुपर्छ ।

नागरिकहरुले पाउने सुविधा हिजो पनि थियो आज पनि निरन्तर छ । फरक के मात्रै हो भने अघिल्लो समयमा कुनै मेयरहरुले मिडियाबाजी गरेका थिएनन् । अहिले मिडियाबाजी बढी भएको छ । देश र नागरिकको रक्षार्थ सबै सजक बनौं । कालो चस्मा भित्रको, कालो दौरा सुरुवालभित्रको र कालो टोपि भित्रको करतुर्त बझ्ने प्रयास गरौं । सिंहदरबार जलेर गयो, नेपालीको अमिलो मन भयो । इतिहासले छोड्ने छैन यी कालखण्डका रक्त पिपासु अपराधिहरुलाई । धन्यवाद !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार