logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रपति पौडेलद्धारा कन्या पूजा


  • राजनीति
  • बुधबार, असोज १५ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवन शितलनिवासमा आज नौ कन्याको पूजा गरेका छन् ।

राष्ट्रपति पौडेलले नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको पूजा गरेका उनको सचिवालयले जनाएको छ । प्रत्येक वर्ष महानवमीको दिन राष्ट्रप्रमुखले नौ कन्याको पूजा गर्ने प्रचलन छ ।

त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतिक नौ कन्याको पुजार्चन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार