राजनीति
अनलाइन न्युज पोर्टल पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई महानगरीय अपराध शाखाको प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डको बिषयमा समाचार प्रकाशित गरेपछि उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।
मङ्सिर ६ गते पोष्टपाटीमा ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रहरीले निगरानी बढाएको स्रोतले जनाएको छ ।
साइबर क्राइम बिषयलाई लिएर अनुसन्धानका लागि महानगरीय अपराध शाखा अन्तर्गत टेकुमा रहेको सीआइबि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ । उनलाई नेपालटार बाट सीआइबि प्रहरीले प्रकाउ गरि टेकु पुर्याएको बताइएको छ । उनको गिरफ्तारीलाइ पत्रकार सगठनले रिहाइको माग गर्दै बिज्ञप्ती जारी गरेको छ ।