राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड बडा दसैँ, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका हुन् ।
“सत्य, धर्म र न्यायको विजयको प्रतिक महान चाड विजया दशमीको दिनमा दुर्गा भवानीको टिका, प्रसाद, जमरा र आशिर्वाद मान्यजनहरुबाट ग्रहण गर्ने गरिन्छ । यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सदभाव र कल्याणका लागि दुर्गा भवानीसँग प्राथना गर्दैछु,” राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातीको कल्याण गर्ने राष्ट्रपति पौडेलको विश्वास छ ।