राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयाशदमीमा टीका नलगाई जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारलाई भेटेकी छिन् ।
प्रधानमन्त्री कार्कीले बाग्लुङ घर भई काठमाडौंको बनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन– ३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैतीनगरमा बस्ने मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले यस अघि नै जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा यस वर्षको दशैंको टीका नलगाउने घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न गएका थिए । मन्त्री खरेलले प्रधानमन्त्रीसँगै आफूले पनि यस वर्षको दशैंको टीका नलगाएको बताए ।