logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भोलीदेखि भारी वर्षाको सम्भावना, ‘हाई अलर्ट’ रहन सम्बद्ध निकायलाई गृहमन्त्रीको निर्देशन


  • राजनीति
  • बिहिबार, असोज १६ २०८२

काठमाडौं । भोलीदेखि देशका केही क्षेत्रमा अति भारी वर्षाको पूर्वानुमान गरिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले सम्बद्ध निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका छन् ।

गृहमन्त्री अर्यालले आज साँझ भर्चुअल बैठक मार्फत् विपद् जोखिमको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतकर्ता अपनाएन निर्देशन दिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने बताए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलि असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको संभावना रहेको जनाएको छ ।

बैठकमा गृह सचिव रामेश्वर दंगालको विशिष्ट आथित्यमा गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु, चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकका क्रममा पूर्वानुमान अनुसार जोखिमपूर्ण क्षेत्रमा सबै किसिमका सवारी साधन संचालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार