logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ७ घाइते


  • राजनीति
  • शनिबार, असोज १८ २०८२

पाँचथरको कुम्यायक गाउँपालिका– ३ कात्तिकेस्थित तमोर सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार पाँचथरबाट यात्रु बोकेर धरानतर्फ आइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो तमोर नदि किरानारामा करिब ४०० मिटर तल खसेको हो ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । मृतकहरुको पहिचान भने हालसम्म नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म सात जना घाइतेको उद्धार गरिएको छ । उनीहरुमध्ये ६ जना घाइतेलाई एम्बुलेन्समार्फत् धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको छ भने एकलाई फिदिम अस्पताल पाँचथर पठाइएको जनाइएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार