राजनीति
काठमाडौं । यती एयरलाइन्सले प्रतिकूल मौसमका कारण आजका सबै उडान रद्द गरिएको जनाएको छ ।
कम्पनीले शनिबार जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले निर्धारित कुनै पनि उडान सञ्चालन गर्न नसकिएको उल्लेख गरिएको छ । यती एयरलाइन्सले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।
देशका विभिन्न भागमा भैरहेको लगातारको वर्षापछि हवाई उडान अवरोध भएको हो ।