राजनीति
काठमाडौं । जनेजी अगुवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको राजीनामा माग गरेका छन् ।
जेनजीका विभिन्न समूहको जेनजी मुभमेन्ट अलाइन्सले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अन्य आयुक्तहरुलाई स्वेच्छिक राजीनामा दिन भनेका हुन् । राजीनामा नआए भोली १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिइएको छ ।
अलाइन्सले आयुक्तहरुको नियुक्ति प्रक्रियामा गम्भिर प्रश्न उठाउँदै आयुक्तहरुको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदीय सुनुवाई बिनै निरंकुश ढंगले गरेको आरोप लगाएको छ ।
अन्तरिम सरकारलाई खुल्ला आवेदन प्रक्रियामार्फत् योग्यता र क्षमता भएका नागरिकहरुलाई नयाँ आयुक्तका रुपमा नियुक्त गर्न जेनजी मुभमेन्ट अलायन्सले आग्रह गरेको छ ।
