राजनीति
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई, भाौतिक पूर्वाधार तथा यातायात व्यवस्था एवम् सहरी विकास मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
मन्त्री घिसिङले सोमबार साँझ काठमाडौैंको स्युचाटारस्थित केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रशारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत माग तथा आपूर्ति व्यवस्थापन, विद्युत निर्यात, बाढी–पहिरोबाट क्षती भएका विद्युत आयोजना लगायतका विषयमा जानकारी लिएका थिए ।
देशका विभिन्न ठाउँमा बत्ति जने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका मन्त्री घिसिङले विद्युत प्रणाली अझ भरपर्दाे, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालिन, मध्यकालीन, दीर्घकालिन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्राविधिक सुधारका विषयमा छलफल गरेका थिए ।
बाढी–पहिरोले क्षती पु¥याएको संरचनाको मर्मत सम्भार गरी तत्काल विद्युत सेवा चालू गर्नु पर्ने बताउँदै मन्त्री घिसिङले छिनछिनमा बत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम मातहतका कार्यालयहरुलाई तयारी अवस्थामा राख्न आग्रह गरे ।