logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुदन गुरुङलाई एम्बुस बनाएर पड्काउन खोजिदैँछ : महेश बस्नेत


  • राजनीति
  • बुधबार, असोज २२ २०८२

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले वास्तविक जेनजीका मुद्दा अपहरण भएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भए पनि जेन्जी आन्दोलनमा आतंकवादी गतिविधि देखिएको भन्दै आन्दोलनका मुद्दा अपहरण भएको बताएका हुन् ।

उनले जेनजीका नाममा ठुलो जनधनको क्षति भएको भन्दै २३ बेलुकादेखि २४ गतेसम्मको आन्दोलन अरबी मुलुकको भन्दा फरक नरहेको दाबी गरे । जेनजी पुस्तालाई बदनाम गराउँदै हजारौँ फेक एकाउन्ट चलाएर चार घण्टाभित्र देशलाई बर्वाद पारिएको बस्नेतको दाबी छ ।

‘मानिसहरूले के आकलन गरिरहेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन् । त्यो पात्रको रूपमा सुदन गुरुङजस्ता मानिसलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ’, उनले भने– ‘सुदन गुरुङ बालेनको योजनामा केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् र डेलिगेसन जान्छन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार