राजनीति
काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ ।
केहीबेर अगाडि सुरु बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक बस्नुअघि आज गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। अहिले मन्त्रिपरिषदको बैठकमा के विषयमा छलफल भइरहेको छ भन्ने विषयमा पनि जानकारी गराइएको छैन ।
आज माइती घरमा केही जेनजीहरुले प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।