logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अर्थशास्तर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई


  • राजनीति
  • सोमबार, असोज २७ २०८२

काठमाडौं । यस वर्षको अर्धशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।

द रोयल स्विडिस एकेडेमी अफ साइन्सले अमेरिकाका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

अमेरिकाको नर्थवेस्टन युनिर्भसिटीका जोएल मोकिर र ब्राउन युनिर्भसिटीका पिटर होविट र बेलायतको द लण्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगिंयोनलाई पुरस्कार दिने निर्णय गरिएको हो । उनीहरुलाई ‘नवपवर्तन मार्फत् सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानको लागि सम्मानित गरेको हो ।

पुरस्कारको आधा भाग मोकिरलाई प्रविधिगत र प्रविधिमार्फत दिगो आर्थिक वृद्धिका लागि पूर्वशर्त पहिचान गरेको योगदानका लागि दिइनेछ । बाँकी आधा भाग हागिंयो र होविटलाई ‘रचनात्मक विकासबाट दिगो आर्थिक विकासको सिद्धान्त’ विकास गरेको योगदानमा संयुक्त रुपमा दिइनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार