राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।
जेनजी आन्दोलनपछि संसद विघटनभएपछि आज बिहान सभामुख घिमिरेले सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग गरेको छलफल गरेका थिए । बैठकपछि एमाले नेता महेश बर्ताैलाले बैठकमा सहभागी सबै दलले संसद पुर्नः स्थापना गरेर जानुपर्छ भन्ने धारणा राखेको बताए ।
उनले सर्वाेच्चमा रिट परेकाले फैसलालाई स्वीकार गर्ने बताए । बैठकमा प्रतिनिधि सभा विघटनको विरोध सबैले गरेको उनले बताए । जेनजीको माग यही संसदले पुरा गर्न सक्ने भए पनि ठुलो षडयन्त्र गरेर विघटन गरेको निष्कर्ष निकालेको उनले जानकारी दिए ।
उनले भने, “जेनजीले राम्रा विषय पनि उठाएका छन् । संसद् पुनस्थापना गरेर संवैधानिक तरिकाबाटै जेनजीले उठाएका माग सम्बोधन हुन्छ । सबै दलहरुका आ–आफ्नै निर्णयहरु छन् ।”