राजनीति
काठमाडौं । निर्वाचन आयोगको आह्वानमा सर्वदलिय बैठक जारी रहेको छ ।
केही बेर अघि कान्तिपथस्थित आयोगकै कार्यकक्षमा बैठक सुरु भएको हो । निर्वाचन आयोगले बोलाएको छलफलमा सबै राजनीतिक दलका नेताहरु सहभागी भएका छन् ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्नको लागि निर्वाचन आयोगले आज राजनीतिक दलहरुलाई छलफलका लागि बोलाएको हो । संघ, प्रदेश र स्थानीय तहमा प्रनिधित्व गरेका दलका नेताहरु बैठकमा सहभागी भएका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेको छ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दल दर्ता लगायतका विषयमा निर्वाचन कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ ।
निर्वाचन आयोगले निर्वाचनको लागि गरेको तयारी बारे जानकारी दिन र राजनीतिक दलहरुबाट सुझाव लिने लगायतका विषयमा छलफल गर्न आज आयोगले राजनीतिक दलहरुलाई आह्वान गरेर सर्वदलिय बैठक बोलाएको हो ।