logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन् मन्त्रीपरिषद् बैठकका २० निर्णय (सूचीसहित)


  • राजनीति
  • शुक्रबार, कार्तिक १ २०८२

काठमाडौं । मन्त्रीपरिषद् बैठकले गरेका विभिन्न २० निर्णयहरु सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी हिजो बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्री परिषद् बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्ति मार्फत् नियुक्त गरेका विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

यस्तै विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवाका दुई सचिवको सरुवालगायतका २० निर्णय गरेको खरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार