logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रहरीले मनायो कुकुर तिहार (तस्बीरहरु)


  • राजनीति
  • सोमबार, कार्तिक ४ २०८२

काठमाडौं । नेपाल प्रहरीले आज कुकुर तिहारको अवसरमा आफ्ना तालिम प्राप्त कुकुरहरुको पूजा गरेको छ ।

केनाइन कार्यालय महाराजगञ्जमा सोमबार बिहान पूजा आजा गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो । अपराध अनुसन्धानका लागि प्रयोग गरिने यी कुकुरहरुलाई प्रहरीले माला र टिका लगाउनुको साथै मिष्ठान खुवाएर सम्मान गरिएको हो ।

हिन्दु परम्परा अनुसार कात्तिक चतुर्दशीको दिन भैरवको वाहन मानिने कुकुरको पूजाआजा गर्ने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार