logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बीरहरु)


  • राजनीति
  • बिहिबार, कार्तिक ७ २०८२

काठमाडौं । काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ ।

टीकाको साइत ११ बजेर ३९ मिनेटअघि नै बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भिड लागेको छ । दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गरिन्छ ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएकाले काम विशेषले काठमाडौंमा बसेका र आफ्नो दिदीवहिनी नभएकाहरुले टीका लगाउन आउने गरेका छन् । यस दिन विदेशी नागरिकले समेत भाइटीका लगाउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार