राजनीति
धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मार्मा गाउँपालिका– ३ दानीखेतमा शुक्रबार बिहान सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीका अनुसार जिप दुर्घटनामा परी मृत्यु हुनेमा जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्ना रहेका छन् ।
प्रहरीका अनुसार जिप कसले चलाएको थियो र कसरी दुर्घटना भयो भन्ने विषयमा भने केही खुलेको छैन् । जीप चालकको खोजी कार्य जारी रहेको दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।