राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताका विषयमा सैद्धान्तिक र नीतिगत टुंगो लागेको बताएको छ ।
एकीकृत समाजवादीसँगै महेन्द्र राय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा (समाजवादी), सुवास काफ्लेको समाजवादी पार्टीसँग छिट्टै पार्टी एकता घोषणा हुने माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
यद्यपी एकताका लागि प्राविधिक कुरा टुँगिन बाँकी रहेको उनले बताए । उनले तत्काल पार्टी एकता नभए फागुन २१ गते चुनाव पनि हुन नसक्ने बताए ।
उनले भने, “एकता ढिला गर्नु हुँदैन । किनकी राष्ट्र झन झन अराजकता र संकटतिर गइरहेको छ । तत्काल पार्टी एकता गरेर पहल कदमी नलिए फागुन २१ को चुनाव पनि हुने सम्भावना छैन् ।”